बागलुङमा सात सय घरमा 'एक घर एक धारा'

बाग्लुङ | साउन २६, २०७९

बागलुङमा सात सय घरमा 'एक घर एक धारा'

बागलुङ । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पुर्याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा  ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साविक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा खानेपानी योजना सम्पन्न भएको छ । 

 

साविकका वडा नं ६ र ७ मा पनि पानी पुर्याउने काम अन्तिम चरण पुगेको छ । बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्यमा घर घरमा पानी पुर्याउने अभियान चलिरहेको हो । नेवाले ८ र ९ मा काम सम्पन्न गरिसकेको छ भने वडा नं ६ को हाँडीखोलामा यसै महिनादेखि काम सुरु गरेको छ । साविकको ६ र ७ मा गण्डकी प्रदेशको बहुवर्षे कार्यक्रम अन्र्तगत खानेपानी आयोजना सञ्चालनमा छ । 

 

जिमस्सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हाँडीखोला खानेपानी आयोजनामा कामको सुरुआत भएको छ । 

 

निर्माण सम्पन्न भएका उक्त आयोजनाको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरेपछि पानी वितरण सुरु भएको छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरी साविक वडा नं ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको नेवाका सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयवासीको तीन लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरी कूल एक करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नं १ बेतनीमा खानेपानी मुहान रहेको सो आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ,भने २६ हजार ९११ मिटरमा खाने पानि पाइप विछ्याइएको छ ।

 

यस्तै, नेवाको २९ लाख ३४ हजार ५७३ बडिगाड गाउँपालिकाको पाँच लाख ८३ हजार ७२९, स्थानीयवासीको एक लाख ५६ हजार ६०० र जनश्रमदान १३ लाख ६ हजार २६० गरी कूल ३८ लाख ११ हजार १६२ लागतमा लफरे सिरसिरे खानेपानी आयोजना समेत सम्पन्न भएको छ । लफरे सिरसिरे खानेपानी अयोजनाको मुहान वडा नं १ को सिरसिरेमा रहेको छ,भने चारवटा ट्याङ्की निर्माण गरी ५९ धारामा खानेपानी पु¥याइएको छ । 

 

त्यस्तै, १५ लाख ९९ हजार २२२ नेवा, बडिगाडको पाँच लाख, समुदायको दुई लाख ३६ हजार र जनश्रमदान चार लाख ९१ हजार ७०५ गरी कूल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना सम्पन्न भएको छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि सात हजार ५६० मिटर लामो पाइपलाईन निर्माण गरिएको छ ।

 

साविक दगातुम्डाँडा गाविस– ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरी प्रदेश सरकारमार्फत खर्वाङ दनियाँ लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको समितिका अध्यक्ष डिप्लोमा खरेलले बताउनुभयो ।

 

 सबै काम सकिएको र सिओडी मेसिन जडानपछि पानी वितरण गरिने छ । तर, उक्त लिफ्टिङ अयोजनाले साविकको वडा नं ६ हाँडिखोलालाई समेटेको छैन । जसको लागि नेवाले हाँडिखोलामा खोपानी अयोजना निर्माण गर्न पहिलो चरणको सबैको काम सकिसकेको छ । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बडिगाड– २ मा खानेपानी आयोजना सम्पन्न भए पनि यसले पालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउने काम गरेको बताउनुभयो ।

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्